माइकल ज्याक्सनको घर नेभरल्यान्ड र्यान्च भारी छुटसहित बिक्रीमा

१०९३ हेक्टर जमिनमा फैलिएको सो रियल इस्टेट सम्पत्ति लस ओलिभोसमा अवस्थित छ । साइकामोर भ्याली र्यान्च नाम परिवर्तन गरिएको उक्त घरमा छ ओटा बेडरुम, तीन ओटा गेस्ट हाउस, वाटरफलसहित चार एकड क्षेत्रफलको पोखरी, टेनिस कोर्ट, खुला जग्गा तथा र पशुचौपायाको बासस्थान छ ।

एजेन्सी । विश्वचर्चित पपस्टार माइकल ज्याक्सनको क्यालिफोर्नियामा रहेको घर नेभरल्यान्ड र्यान्च भारी छुटका साथ फेरि बिक्रीमा राखिएको छ । चार वर्षअघि १० करोड डलर तोकिएको सो भव्य घरको मूल्य अहिले ३ करोड दश लाख डलरमा झारिएको छ ।

१०९३ हेक्टर जमिनमा फैलिएको सो रियल इस्टेट सम्पत्ति लस ओलिभोसमा अवस्थित छ । साइकामोर भ्याली र्यान्च नाम परिवर्तन गरिएको उक्त घरमा छ ओटा बेडरुम, तीन ओटा गेस्ट हाउस, वाटरफलसहित चार एकड क्षेत्रफलको पोखरी, टेनिस कोर्ट, खुला जग्गा तथा र पशुचौपायाको बासस्थान छ ।

पपस्टार ज्याक्सनको सम्पत्तिमा आएको यो भारी छुटका पछाडी त्यस क्षेत्रमा देखा परेको खडेरी मूल कारण छ । खडेरीले नै त्यहाँको कायल फोर्सित रियल इस्टेट मार्केटलाई प्रभावित पारेको एक जना एजेन्टले अमेरिकी मिडियालाई बताएका छन् ।

बिक्रीका लागि सो रियल इस्टेट सम्पत्तिलाई अहिले थप मर्मत सम्हार गरिएको छ ।

खबरअनुसार सन् १९८० मा माइकल ज्याक्सनले त्यो सम्पत्ति एक करोड ९५ लाख डलरमा खरिद गरेका थिए । तर, ज्याक्सनले ऋणमा गल्ती गरेपछि रियल इस्टेट लगानी कम्पनीले २००८ मा सम्पत्तिलाई दुई करोड २५ लाख पुर्याएको थियो ।

आइतबार एचबीओ च्यानलले ‘लिभिङ नेभरल्यान्ड’ नामको चारघण्टे वृत्तचित्र प्रसारण गरेपछि सो सम्पत्ति बिक्री वितरणको समाचार बाहिर आएको हो । सो वृत्तचित्रमा दुई जना पुरुषलाई साक्षीका रुपमा प्रस्तुत गरिएको थियो जसले माइकल ज्याक्सनले आफूहरुलाई त्यस घरका विभिन्न स्थान, जस्तै– एटिक, मास्टर बेडरुम तथा पूलमा यौन शोषणगरेको बताएका थिए ।

माइकल ज्याक्सनले आफ्नो जीवनकालभरि बाल यौनशोषणका धेरै आरोपहरु खेपेका थिए ।