गत सप्ताह भारतसँग सीमा क्षेत्रमा हवाई हमलासँगै तनावग्रस्त अवस्था सृजना भएपछि उसले धेरै उडान रद्द गर्नुका साथै अन्य देशलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अस्थायीरुपमा रोक लगाएको थियो ।
एजेन्सी । पाकिस्तानले व्यावसायिक उडानका लागि सीमितरुपमा आफ्नो हुवाई क्षेत्र खुला गर्न सुरु गरेको छ । गत सप्ताह भारतसँग सीमा क्षेत्रमा हवाई हमलासँगै तनावग्रस्त अवस्था सृजना भएपछि उसले धेरै उडान रद्द गर्नुका साथै अन्य देशलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अस्थायीरुपमा रोक लगाएको थियो ।
पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले आइतबार लाहोरको पूर्वी सहरमा रहेको अलामा इक्बाल अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिबन्धित उडानलाई अनुमति दिएको बताएको छ ।
राजधानी इस्लामाबादसहित कराँची, क्वेटा, पेशावरजस्ता सहरमा शुक्रबारबाट आंशिक उडान खुला गरिएको हो । गिल्गिट बाल्टिस्तान, पन्जाब राज्य र भित्री सिन्ध क्षेत्रमा भने विमानस्थलहरु आइतबार पनि बन्द रहे ।
देशको नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमबार दिनको १ बजेसम्म सम्पूर्ण यात्रा प्रतिबन्धहरु हटाइनेछ । दुई देशबीच तनाव बढेसँगै सम्पूर्ण अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरु प्रभावित भएका थिए ।