मन्थलीबाट मालुखोलातर्फ जाँदै गरेको माइक्रो दुर्घटना, एक जनाको मृत्यु

रामेछाप।  मन्थली नगरपालिका–२ करमबोटमा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक महिला गम्भीर घाइते भएकी छिन् ।

मृत्यु हुनेमा माइक्रोबसका धनी काठमाडौँ मनमैजुका ४५ वर्षीय कर्मा लामा रहेको प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए।

दुर्घटनामा परी मन्थली नगरपालिका–२ की अञ्जना खड्का घाइते भएकी छिन् ।

मन्थलीबाट मालुखोलातर्फ जाँदै गरेको कुशेश्वर यातायातको बा१ज ९९०१ नंको माइक्रोबस दुर्घटनामा परेको हो ।

घाइते लामाको उपचारका लागि मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । अर्का घाइते खड्कालाई उपचारका लागि काठमाडौँ लगिएको छ।

गाडी सडकबाट करीब १०० मिटर तल aa खसेको थियो ।