वार्ताबारे जानकार एक अधिकारीका अनुसार अहिले जारी वार्ताको एक शर्तअनुसार अमेरिकाले चीनलाई उसले थोपरेको भन्सारको प्रतिक्रियास्वरुप विश्व व्यापार सङ्गठनलाई बीचमा नल्याउन आग्रह गरेको छ ।
एजेन्सी । अमेरिका र चीन व्यापार सम्झौताको सम्भावनाको निकट पुगेका छन् । दुई मुलुकको व्यापार छलफलबारे जानकार दुई स्रोतका अनुसार चीनले वैद्धिक सम्पत्ति अधिकारको संरक्षण र अमेरिकाबाट उल्लेखनीय मात्रामा वस्तु खरिद गर्ने आफ्नो बाचामा अडिएसम्म अमेरिकाले चीनमाथि लगाएको सम्पूर्ण भन्सार कर रद्द गर्न सक्ने बताइएको छ ।
दुई गोप्य स्रोतका अनुसार चीनले अमेरिकासँग वार्तामाथिको सम्झौतामा पुग्न अमेरिकाले चीनमाथि लगाएको दुई खर्ब डलर सामग्रीमाथिको भन्सार चाँडो हटाउनुपर्ने माग राख्दै आएको छ । दुई मुलुकको सम्झौतामा एउटा अस्पष्ट कुरा भनेको अमेरिकाले चीनविरुद्धको भन्सार कर तत्काल हटाउँछ वा चीनले आफ्नो प्रतिबद्धतालाई पालना गरेको निरीक्षणमार्फत सिद्ध गरेर मात्र त्यसलाई हटाउँछ ।
वार्ताबारे जानकार एक अधिकारीका अनुसार अहिले जारी वार्ताको एक शर्तअनुसार अमेरिकाले चीनलाई उसले थोपरेको भन्सारको प्रतिक्रियास्वरुप विश्व व्यापार सङ्गठनलाई बीचमा नल्याउन आग्रह गरेको छ ।
यो सम्झौतालाई लिएर युरोप र एसियाली सेयर बजारहरु सकरात्मक र आशावादी छन् । अमेरिकी अखबार वालस्ट्रिट जर्नलको रिपोर्टअनुसार व्यापार द्वन्द्वरत दुई मुलुक अमेरिका र चीनका राष्ट्रपतिबीच आगामी मार्च २७ मा शिखर वार्ता आयोजना हुने प्रचुर सम्भावना छ ।