भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै

भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यही माघ १८ र १९ गते स्वराजको भ्रमण मिति तय भएको जनाएको हो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राजनीतिक भेटघाटका लागि आगामी साता दुईदिने नेपाल भ्रमण गर्ने भएकी छन् ।

भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यही माघ १८ र १९ गते स्वराजको भ्रमण मिति तय भएको जनाएको हो । विदेश मन्त्रालयले दुई देशबीच हुँदै आएको उच्चस्तरीय राजनीतिक वार्ताको निरन्तरतास्वरूप भ्रमण हुन लागेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘यो भ्रमण नेपाल र भारतबीचको द्विपक्षीय चासो र आपसी सम्बन्ध विस्तारको अवसर हुनेछ ।’ भ्रमणका अवसरमा स्वराजले विभिन्न राजनीतिक दलका नेतासँग पनि भेटवार्ता गर्ने मन्त्रलायले जनाएको छ ।