बेलायती कारको लगातार पाँच महिनासम्मको कारोबारमा देखिएको गिरावटले निराश बनाएको कार कम्पनीहरूलाई फेब्रुअरीमा कारोबारमा आएको सुधारले निकै राहत मिलेको छ ।
लण्डन । फेब्रुअरी महिनामा बेलायती कार बिक्रीमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा पुनः वृद्धि आएको मङ्गलबार सार्वजनिक एक तथ्याङ्कमा देखाइएको छ ।
बेलायती कारको लगातार पाँच महिनासम्मको कारोबारमा देखिएको गिरावटले निराश बनाएको कार कम्पनीहरूलाई फेब्रुअरीमा कारोबारमा आएको सुधारले निकै राहत मिलेको छ ।
नयाँ रिपोर्टअनुसार बेलायतीे कारको कारोबारमा अघिल्लो वर्षको तुलनामा एक दशमलव चार प्रतिशतले वृद्धि आएको र गत महिना जम्मा ८२ हजार गाडी बिक्री भएकाे बेलायती गाडी निर्माण कम्पनीहरूको सङ्गठन एसएमएमटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बेलायत सरकारले डिजेलका गाडीलाई विस्तारै हटाएर यातायात सेवालाई कम प्रदूषणयुक्त बनाउने कार्यक्रम तथा यूरोपेली यूनियनबाट बेलायतको बहिर्गमन प्रक्रियाले निकास नपाउँदा आएको अन्यौलता र चीन–अमेरिका व्यापार विवादका कारण बेलायतमा गाडीको खरिद् बिक्रीमा समस्या देखिएको बताइएको छ ।
एसएमएमटीले गत हप्ता सार्वजनिक एक तथ्याङ्कमा सम्झौताविहीन बहिर्गमन हुने भयका कारण बेलायती गाडी निर्माण कार्यमा जनवरीमा पाँच गुणा कमी आएको जनाइएको थियो ।
बेलायतको कार उत्पादनमा सन् २०१९ को शुरूका दुई महिनामा गत वर्षको सोही अवधिको तुलनामा १८.२ प्रतिशतले कमी आएको थियो । लगातार आठौँ महिनासम्म कार उत्पादनमा न्यूनता आएको तथ्याङ्कमा उल्लेख छ । रासस/एएफपी