अमेजनका संस्थापक जेफ बेसोज विश्वकै धनी

अमेजन कम्पनीका संस्थापक जेफ बेसोज र माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स सूचीको पहिलो र दोस्रो स्थानमा परेका छन् । तेस्रो स्थानमा बर्कसायर कम्पनीका वारेन बफेट छन् भने फेसबुकका संस्थापक मार्क जुकरबर्ग यो सूचीको आठौं स्थानमा परेका छन् ।

एजेन्सी । फोब्र्स म्यागेजिनले सन् २०१९ को विश्वका धनाढ्यहरुको सूची प्रकाशित गरेकोे छ ।

अमेजन कम्पनीका संस्थापक जेफ बेसोज र माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स सूचीको पहिलो र दोस्रो स्थानमा परेका छन् । तेस्रो स्थानमा बर्कसायर कम्पनीका वारेन बफेट छन् भने फेसबुकका संस्थापक मार्क जुकरबर्ग यो सूचीको आठौं स्थानमा परेका छन् ।

जेफ बेसोजको सम्पत्ति एक खर्ब ३१ अर्ब डलर रहेको छ भने बिल गेट्सको सम्पत्ति ९६ अर्ब ५० करोड डलर रहेको छ । त्यस्तै मुकेश अम्बानीको सम्पत्ति फोब्र्सको तथ्याङ्कअनुसार ५० अर्ब डलर रहेको छ ।

सूचीमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा भारतीय धनाढ्य मुकेश अम्बानी १३ औं धनी बनेका छन् । अघिल्लो वर्षको सूचीबाट उनी छ स्थान उकालो लागेका छन् ।