३५ लाखसहित २ भारतीय नागरिक पक्राउ

नेपालगन्ज । ३५ लाख नेपाली रूपैयाँसहित नेपालगञ्जमा घुम्दै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ स्थित पासाङल्हामुमार्गबाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले सो रकमसहित भारतका ३० वर्षीय रवीसचन्द्र पाण्डे र जमुनाह छोटी भन्सार निवासी बालक छोटु तिवारीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए।

उनीहरू युपी ३२ ग ८२४४ नम्बरको भारतीय मोटरसाइकलमा घुम्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ।