कार्यालय प्रमुख राजेन्द्र कार्कीका अनुसार भरतपुर महानगरपालिकाबाट ३ सय ६४ ओटा र रत्ननगर नगरपालिकाबाट ९ सय ८७ निवेदन प्राप्त भएका छन् ।
भूकम्पले घर भत्काएको तर लगत सङ्कलनमा आफ्नो नाम छुटेको भन्दै चितवनका पाँच हजार ७ सय २४ जनाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालयमा निवेदन दिएका छन् । कार्यालय प्रमुख राजेन्द्र कार्कीका अनुसार भरतपुर महानगरपालिकाबाट ३ सय ६४ ओटा र रत्ननगर नगरपालिकाबाट ९ सय ८७ निवेदन प्राप्त भएका छन् ।
यस्तै खैरहनी नगरपालिकाबाट ५ सय २७, राप्ती नगरपालिकाबाट ९ सय २२, माडी नगरपालिकाबाट १५, कालिका नगरपालिकाबाट एक हजार ७ सय ८० र इच्छाकामना गाउँपालिकाबाट एक हजार १ सय २९ जनाले निवेदन दर्ता गराएको कार्यालयप्रमुख कार्कीले जानकारी दिए । उनका अनुसार उजुरी आउने क्रम जारी छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण जिल्लामा सात हजार ३ सय ३५ घरपरिवारको भौतिक संरचना क्षति भएको तथ्याङ्क उतारिएको थियो । सो तथ्याङ्क लिँदा आफूहरु छुटेको भन्दै उनीहरुले पुनःनिर्माण र मर्मतका लागि निवेदन दर्ता गराएका हुन् । कार्कीका अनुसार छुटेकाको सङ्ख्या पनि झण्डै सात हजार हाराहारी पुग्ने अनुमान छ ।
छुटेका निवेदन सङ्कलन गरी केन्द्रमा पठाइएको र केन्द्रको निर्णयअनुसार नै थप के गर्न सकिन्छ निधो हुने कार्कीले बताए ।
सुरुमा निवेदन दिएका र प्रमाणित भएकामध्ये पहिलो किस्ता पाँच हजार रुपैयाँ ३ सय २३ जनाले लिइसकेका छन् । दोस्रो किस्ताका लागि १ सय ९१ घर परिवारले निवेदन दिएका छन् । उनीहरुको निवेदन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट प्रक्रिया अघि बढिसकेको छ । तीमध्ये पनि १३ जनाले अन्तिम किस्ताका लागिसमेत निवेदन दिएको कार्यालयका प्रमुख झपटबहादुर थापाले जानकारी दिए । पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख रुपैयाँ दिने व्यवस्था छ ।
मर्मतका लागि भने ३ सय ५९ घरले ५० हजार रुपैयाँ लगिसकेका छन् । मर्मत गर्नु पर्ने घर ५ सय ९३ छन् । उनीहरुले एक लाख रुपैयाँसम्म मर्मतका लागि पाउने व्यवस्था छ ।