गालीबेइज्जतीविरुद्ध बम दिदीबहिनीले दिए मुद्दा

जिल्ला अदालत कञ्चनपुरमा बिहीबार उनीहरुले गाली बेइज्जती गरेको भन्दै ह्युरोनका अध्यक्ष इन्द्रप्रसाद अर्याल, पत्रकार खेम भण्डारी र भक्ति फुलाराविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

काठमाडौं : निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा मुछिएका बम दिदीबहिनीले अदालतमा मुद्दा दर्ता गराएका छन् ।

जिल्ला अदालत कञ्चनपुरमा बिहीबार उनीहरुले गाली बेइज्जती गरेको भन्दै ह्युरोनका अध्यक्ष इन्द्रप्रसाद अर्याल, पत्रकार खेम भण्डारी र भक्ति फुलाराविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

निर्मला प्रकरणका नेपाल मानवअधिकार संगठन (ह्युरोन)ले गरेको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन तयार पारेको थियो ।
असोज १० गते सार्वजनिक गरिएको ह्युरोनको प्रतिवेदनमा दिदी बबिता बम ओपेरा होटलको डान्सबारमा डान्सरका रुपमा कार्यरत रहेको उल्लेख छ ।