एक करोड बक्यौता रकम असुल गर्न बाँकी

खानेपानी संस्थान राजविराज कार्यालयका अनुसार विभिन्न सङ्घसंस्था, विद्यालय र सरकारी कार्यालयलबाट एक करोड ११ लाख ६० हजार रुपैयाँ बक्यौता रकम असुल्न बाँकी छ ।

खानेपानी संस्थान राजविराजले २०७४ पुस मसान्तसम्म एक करोड रुपैयाँभन्दा बढी बक्यौता रकम असुल गर्न बाँकी रहेको जनाएको छ । ग्राहकबाट रकम असुली नहुँदा कार्यालयको राजश्व सङ्कलन प्रभावित भएको छ भने नयाँ ग्राहक थप्न समस्या भइरहेको छ । कार्यालयका अनुसार विभिन्न सङ्घसंस्था, विद्यालय र सरकारी कार्यालयलबाट एक करोड ११ लाख ६० हजार रुपैयाँ बक्यौता रकम असुल्न बाँकी छ ।

पूर्व सचिव विन्देश्वरप्रसाद सिंहबाट एक लाख १२ हजार, जिल्ला साझा सङ्घबाट एक लाख ३१ हजार, केशो अनिरुद्धवती माध्यमिक विद्यालयको १ लाख २९ हजार, पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको एक लाख २९ हजार रुपैयाँलगायत अन्यबाट पानीको महसुल असुल गर्न बाँकी रहेको खानेपानी संस्थान राजविराजले जनाएको छ ।

बक्यौता रकम बुझाउन कार्यालयले पटक पटक ताकेता गर्दा पनि बुझाउन नमानेका कतिपय ग्राहकको खानेपानीको धाराको लाइन काटिने कार्य सुरु गरेको संस्थानका लेखा अधिकृत अजय बरियैत यादवले बताए । विसं २०५६ देखि संस्थानले वितरण गर्दै आएको खानेपानी धारा हाल राजविराज नगरपालिकाको दुई हजार ४ सय ७९ को घरमा जडान गरिएको छ ।