राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले हस्ताक्षर गरेका हुन् ।
काठमाडौं : छुटै मधेस हुनुपर्ने भन्दै पृथक्तावादी गतिविधि गरिरहेका डा. सिके राउतसँग सरकारले ११ बुँदे राजनीतिक सहमति गरेको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले हस्ताक्षर गरेका हुन् ।
यस्ता छन् सहमति
मुलुकको स्वाधीनतालाई स्विकार्ने
लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्ने
असन्तुष्टि समाधान गर्ने
राउतको संगठनमाथि लागेका मुद्दा फिर्ता लिने
राउतको संगठनले निकालेका किताब, गीत तथा अन्य प्रचार सामग्री प्रयोगमा नल्याउने
विखण्डनवादी क्रियाकलाप नियन्त्रण गर्ने
संविधानको भावनाअनुसार राजनीतिक मूलधारमा आउन सक्ने
गत भदौ १५ गते बाँकेमा मारिएका राम मनोहर यादवको परिवारलाई क्षतिपूर्ति र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने
घाइतेहरुको सरकारले उपचार गर्ने
राउतको संगठनका कार्यकर्तामा भएको सिपलाई राष्ट्रको हितका लागि उपयोग गर्ने
सहमति आजैबाट लागू हुने