लेकसाइडको क्लब ९९ मा आगलागी

पोखराको लेकसाइड हल्लनचोक स्थित क्लब ९९ मा लागेको आगो नियन्त्रणमा आएको छैन । सोहि क्लबको तल्लो तलामा रहेको बरर्गर बेकरीमा ग्याँस चुहिएर सिलिण्डर पड्कँदा आगलागी भएको हो । स्थानीयका अनुसार राति ९ बजे लागेको आगो अहिले सम्म नियन्त्रणमा आएको छैन । आगो निभाउन दमकल, प्रहरी एवं स्थानीयबाट प्रयास भइरहे पनि आगो नियन्त्रण आउन सकेको छैन ।