सरकारलाई बिप्लवको चेतावनी : दमन बन्द नगरे कडा रुपमा उत्रिन्छौं

बिप्लव समुहले सरकारको बिरोधमा फागुन ३० गते नेपाल बन्दको घोषणा गरेको छ । शुक्रबार साझ बिप्लवले एक विज्ञेप्त जारी गरि सरकारले आफ्नो पार्टी विरुद्धको काम बन्द नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका हुन ।

काठमाडौं । नेकपा बिप्लव समुहले सरकारले देशैभर आफ्ना नेता तथा कार्यक्रतालाई धरपकड गरेको भन्दै दमन कायमै राखे कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । बिप्लव समुहले सरकारको बिरोधमा फागुन ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

शुक्रबार साझ बिप्लवले एक विज्ञेप्त जारी गरि सरकारले आफ्नो पार्टी विरुद्धको काम बन्द नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका हुन । प्रहरीले बिहीबार कपिलवस्तुमा आफ्ना कार्याक्रर्ता दुर्गाबहादुर रोकालाई घरबाट निकालेर गोली प्रहार गरेको भन्दै त्यसको बिरोध जनाएको छ ।

आफ्नो पार्टीले शान्तिपुर्ण आन्दोलन गर्दा सरकारले विभिन्न लालछना लगाएर नेता तथा कार्यक्रर्तालाई फसाउने काम गरेको विज्ञेप्तीमा जनाइएको छ ।

यस्तो छ बिप्लवले जारी गरेको विज्ञप्ति