वैरो संघका अध्यक्ष गुरुङको घरमा भएको बम विस्फोटनको जिम्मेवारी युवा संगठनले लियो

शनिबार युवाँ संगठनले विज्ञप्ती जारी गरी पटक पटक चेतावनी दिदा पनि अध्यक्ष गुरुङले आफुहरुको कुरा नमानेको भन्दै सांकेतिक रुपमा बम हानेको जनाएको छ । विज्ञप्तीमा यो चेतावनीलाई नमानेमा सशस्त्र कार्वाही गर्ने उल्लेख छ ।

काठमाडौ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम विस्फोटनको जिम्मेवारी विप्लप निकट युवाँ सगंठनले लिएको छ । युवाँ संगठनले शुक्रबार साझ गुरुङको घरमा बम विस्फोटन गराएको थियो ।

शनिबार युवाँ संगठनले विज्ञप्ती जारी गरी पटक पटक चेतावनी दिदा पनि अध्यक्ष गुरुङले आफुहरुको कुरा नमानेको भन्दै सांकेतिक रुपमा बम हानेको जनाएको छ । विज्ञप्तीमा यो चेतावनीलाई नमानेमा सशस्त्र कार्वाही गर्ने उल्लेख छ ।

बम विस्फोटनबाट बा ८ च ६७८९ नम्बरको गाडि पूर्ण रुपमा जलेको छ भने घरको सिसा फुटेको छ । टपजव मेनपावर र सुनगाभा ओरेन्टेसन कार्यालय समेत रहेंको उनको घरमा भएको बम विस्फोटनबाट सो आसपासका घरहरूको सिसा फुट्नुका साथै बाटोमा हिड्ने ३ जना पैदलयात्री समेत घाइते भएका थिए । उक्त विष्फोटबाट सोही घरमा किराना पसल गर्ने मणिराम पोखरेल र निजको छोरा मनिस पोखरेल समेत घाइते भएका छन् ।

अध्यक्ष गुरुङको घरमा बम विस्फोटन भएपछि शनिवार विहानै श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट घटनास्थलमा पुगेका छन् । उनले विस्फोटनमा संलग्नलाई कार्वाहीको लागि गृहमन्त्रालय र गृहसचिवलाई अनुरोध गर्ने आश्वासन दिएका छन् । यसैबीच अध्यक्ष गुरुङको घरमा बम विस्फोटन गरेको भन्दै त्यस्को विरोधमा आइतबार सबै मेनपावर कम्पनीहरु बन्द गर्ने निर्णय गरेको छ ।