साउनदेखि सबै बेरोजगारले रोजगारी पाउने, जागिर खान चैतभित्र निवेदन दिनुपर्ने

रोजगारीमा संलग्न हुनका लागि निवेदन दिन कार्यक्रमले बेरोजगार युवायुवतीलाई भनेको छ । आफू बसोबास गरेको स्थानीय तहको वडा कार्यलयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन रोजगार कार्यक्रमले अनुरोधसमेत गरेको छ ।

काठमाडौं । सरकारले आउँदो साउनदेखि बेरोजगारलाई रोजगारी दिने भएको छ । न्यूनतम १०० दिन रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रमले तयारी थालेको छ ।

रोजगारीमा संलग्न हुनका लागि निवेदन दिन कार्यक्रमले बेरोजगार युवायुवतीलाई भनेको छ । आफू बसोबास गरेको स्थानीय तहको वडा कार्यलयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन रोजगार कार्यक्रमले अनुरोधसमेत गरेको छ ।

स्थानीय तहको रोजगार केन्द्रसँग समन्वय गरी सार्वजनिक विकास निर्माणका काममा योगदान गर्नका लागि रोजगारी दिने कार्यक्रमले स्पष्ट पारेको छ । बेरोजगार युवायुवतीलाई सरकारले विकास निर्माणमा परिचालन गर्ने भएको छ ।

चालू आर्थिक वर्षको बजेटमा सरकारले बेरोजगार युवायुवतीलाई न्यूनतम १०० दिन रोजगारी दिने ग्यारेन्टी गरेको छ । यसका लागि सरकारले रोजगारीको हकसम्बन्धी ऐन, नियमावली र निर्देशिका तयार पारिसकेको छ ।

सरकारले हालै सार्वजनिक गरेको सामाजिक सुरक्षासम्बन्धी नयाँ व्यवस्थामा पनि १०० दिन रोजगारीको ग्यारेन्टी दिने बताएको हो ।