सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण र व्यवसायीकरण बिना मुलुकको आर्थिक समृद्धि र परिवर्तन हुन नसक्ने बताएका छन् । कृषिमा आधारित उद्योगको विकास र विस्तार सँगै कृषिमाथिको परनिर्भरता घटाउन स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताए ।
काठमाडौं । अन्तर्राष्ट्रिय किसान सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण र व्यवसायीकरण बिना मुलुकको आर्थिक समृद्धि र परिवर्तन हुन नसक्ने बताएका छन् । कृषिमा आधारित उद्योगको विकास र विस्तार सँगै कृषिमाथिको परनिर्भरता घटाउन स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताए ।
उनले उत्पादन र उत्पादकत्वमा जोड दिँदै बजारीकरण गर्ने वातावरण सरकारले बनाइदिएको बताए । ‘ठूलो जनसंख्या कृषिमा निर्भर छ । कृषिको आधुनिकीकरण र व्यवसायीकरण बिना परिवर्तन गर्न सक्दैनौं’ उनले भने, ‘कृषि आधारित उद्योगहरु विस्तार गर्नुपर्छ ।’
खाद्य पदार्थको कुराको अभाव नभएको भन्दै आयातित बास्नादार र मसिना चामलको उपयोगले परनिर्भर बढेको उनको भनाइ छ । उनले खानेबानीको परिवर्तन गर्नुपर्ने बताए । ‘हामीलाई मसिनो र बास्नादार चामल चाहिन्छ । यहाँको मोटो चामल मन पर्दैन, स्वाद मन पर्दैन’ उनले भने, ‘त्यसकारण खानेबानीमा सुधार गर्नुपर्ने आवश्यक छ ।’ कृषि क्षेत्रमा लगानी आवश्यक रहेको भन्दै विदेशी प्रविधि र लगानी भित्र्याउनुपर्ने आवश्यकता रहेको बताए ।
त्यस्तै, सम्मेलनमा कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले जमिनको समस्या हल नगरी कृषि क्षेत्रको विकास हुन नसक्ने बताए । उनले जमिनलाइ राष्टियकरण गर्न नसकिने बताए । ‘यसअघिका प्रतिबेदन हेरेँ । नेपालको जमिनलाई रास्ट्रीयकरण गर्न जटिल छ । नेपालीको जमिन धेरै खन्डिकरन भएको छ । जमिन त्यस्ता व्याक्तिको हातमा छ जसले खेतिभन्दा घरघडेरा ध्यान दिएको छ । बनजंगल फाडेर प्लटिङ गरेर जमिनलाई ध्वस्त पारिएको छ ।’ उनले भने, ‘उर्बर जमिनलाइ एक ठाउँमा ल्याउने र सामुहिक खेती गर्ने तर्फ सरकारको ध्यान गएको छ ।’
कृषि र बनलाइ पनि एकठाउँमा ल्याउने गरि कानुन निर्माण हुने उनले बताए । उत्पादन घटेको नभइ जनसंख्या वृद्दिसँगै खाद्यान्न माग बढेको मन्त्री खनालको तर्क छ । ‘नेपालको उत्पदन घटेको होइन खाने मुख बढेको हो । अहिले नेपालीको कृषिको अवस्थालाई गम्भीरताका साथ लिनु पर्छ ।’ उनले भने, ‘ हाम्रो पोलिसीमा कमीजोरी छन भने त्यसलाइ सुधार गर्नु पर्छ ।’
विदेशी युवा जनशक्ति कृषिमा रोजगारी सिर्जना गर्दै अबको कृषिलाइ आधुनिक, प्राङगारिक र यान्त्रिककिकरणमा जोड दिने अभियान सरकारले अघि सारेको खनालले बताए ।