नीरव मोदी अहिले लन्दनको वेस्ट इन्डमा ८० लाख पाउन्डको अपार्टमेन्टमा खुलारुपमा बसिरहेका छन् र उनले अहिले त्यहाँ हीराको नयाँ व्यापार सुरु गरेका छन् ।
एजेन्सी । भारतको पन्जाब नेसनल बैङ्कबाट १३ हजार पाँचसय करोड रुपयाँको ठगी मुद्दामा दोषी पाइएका फरार हीरा व्यवसायी नीरव मोदीलाई सुपुर्दगी गर्ने भारतको आग्रहलाई बेलायती गृहमन्त्रालयले पास गरेको छ । उक्त आग्रहलाई बेलायती गृहसचिव साजिद जावेदले प्रमाणिक गरेका हुन् ।
नीरव मोदी अहिले लन्दनको वेस्ट इन्डमा ८० लाख पाउन्डको अपार्टमेन्टमा खुलारुपमा बसिरहेका छन् र उनले अहिले त्यहाँ हीराको नयाँ व्यापार सुरु गरेका छन् ।
भारत बेलायत सुपुर्दगी सन्धि सम्झौताअन्तर्गत जिल्ला न्यायाधीशले स्कटल्यान्ड यार्डलाई नीरव मोदीविरुद्ध सुपुर्दगी वारेन्ट जारी गरी गिरफ्तार गर्ने आदेश दिनेछन् ।
भारत सरकारले मोदीको सुपुर्दगी आग्रह गत वर्षको अगस्ट महिनामा नै बेलायतमा दर्ता गराएको द टेलिग्राफ डेलीमा खबर छ । सो अखबारका अनुसार ४८ वर्षीय नीरव मोदी करिब १७ हजार मासिक भाडा तिरेर लन्दनको मुटुमा रहेको एउटा अपार्टमेन्टमा बस्छन् ।
शनिबार बेलायती गृह प्रशासनले व्यक्तिगत मुद्दामा प्रतिक्रिया दिन अस्वीकार गरेको थियो ।