बौद्ध र नरेफाँटबाट १६ जुवाडे पक्राउ

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले शनिबार राति काठमाडौं महानगरपालिका–३२ नरेफाँटका नवराज थपलियाको घरमा काभ्रे पाँचखाल नगरपालिका २ की ३४ वर्षीया शोभा खड्काले सञ्चालन गरेको जुवाखालबाट १६ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ ।

काठमाडौं । प्रहरीले काठमाडौंको नरेफाँट र बौद्धबाट १६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले शनिबार राति काठमाडौं महानगरपालिका–३२ नरेफाँटका नवराज थपलियाको घरमा काभ्रे पाँचखाल नगरपालिका २ की ३४ वर्षीया शोभा खड्काले सञ्चालन गरेको जुवाखालबाट १६ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले घरधनी थपलिया, जुवा खेलाउने खड्कासहित ८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुका साथबाट प्रहरीले ३ बुक तास र ९८ हजार ६ सय रुपैयाँसमेत बरामद गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका ६ महाँकालका ४० वर्षीय जितु पाख्रिनको घरमा जुवातास खेलिरहेका आठ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले महाँकालका ५२ वर्षीय छिरिङ लामासमेत ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुका साथबाट ८ बुक तास र १ लाख ९६ हजार १ सय ५० रुपैयाँ बरामद गरेको जनाएको छ । पक्राउ परेका १६ जनामाथी आवश्यक कारबाही हुने प्रहरीले जनाएको छ ।