ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्तासम्बन्धी निर्देशका २०७५ अनुसार काठमाडौं उपत्यकामा कार्यरत प्रहरी उपरीक्षकभन्दा तल्लो दर्जाका ट्राफिक प्रहरीले २० देखि ३५ प्रतिशतसम्म बढी भत्ता पाउने प्रस्ताव गृहले अर्थमा पठाएको हो ।
काठमाडौं । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले पाउने प्रोत्साहन भत्ता बढाउन गृह मन्त्रालयले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । गृह मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी सहमतिका लागि प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको हो ।
ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्तासम्बन्धी निर्देशका २०७५ अनुसार काठमाडौं उपत्यकामा कार्यरत प्रहरी उपरीक्षकभन्दा तल्लो दर्जाका ट्राफिक प्रहरीले २० देखि ३५ प्रतिशतसम्म बढी भत्ता पाउने प्रस्ताव गृहले अर्थमा पठाएको हो ।
गृह मन्त्रालयले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताका लागि प्रक्रिया अगाडि बढाएको छ । यसअघि ट्राफिक प्रहरीले चालकलाई गरेको कारबाहीबापत उठेको राजस्वबाट कमिसन पाउँदै आएका थिए ।
कमिसनको लोभमा ट्राफिकले जथाभाबी कारबाही गरेको आरोप बढेपछि उक्त भत्ता रोकिएको थियो ।