राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै, बिप्लव र मधेशको सवालमा छलफल हुने

सुरक्षा संयन्त्रलाई चुनौती दिँदै बिप्लव समूहले आपराधिक गतिविधि बढाएको र सरकारबाट बाहिरिएको राजपाले तराईमा गर्न सक्ने आन्दोलनका बारेमा छलफल हुने स्रोतले जानकारी दियो ।

काठमाडौं । बिप्लव समूहको गतिविधि र मुलुकको शान्ति सुरक्षाका बारेमा समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दैछ ।

सुरक्षा संयन्त्रलाई चुनौती दिँदै बिप्लव समूहले आपराधिक गतिविधि बढाएको र सरकारबाट बाहिरिएको राजपाले तराईमा गर्न सक्ने आन्दोलनका बारेमा छलफल हुने स्रोतले जानकारी दियो ।

त्यसैगरी सरकारसँग सम्झौता गरेका सीके राउतका कार्यकर्ताले स्वतन्त्र मधेशको पक्षमा प्रचार थालेको भन्दै त्यसका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बस्ने बैठकमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतको उपस्थिति रहने बताइएको छ ।