जम्मु कश्मीरबाट एक भारतीय सैनिकको अपहरण

भारतीय सैनिक जवान मोहम्मद यासिन बट्ट जम्मु कश्मीरको बडगामस्थित आफ्नै घरबाट अपहरणमा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

काठमाडौं । भारत र पाकिस्तानको सिमाना कश्मीर क्षेत्रमा कार्यरत एक भारतीय सेनाका जवान अपरहणमा परेका छन् ।

भारतीय सैनिक जवान मोहम्मद यासिन बट्ट जम्मु कश्मीरको बडगामस्थित आफ्नै घरबाट अपहरणमा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यासिनलाई चरमपन्थी समूहले अपहरण गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सैनिक जवान बट्ट एक महिनाको छुट्टी लिएर काजिपोरास्थित आफ्नो घर आएका थिए ।

शुक्रबार हतियारसहितका चरमपन्थी समूह घरभित्र छिरेर बट्टलाई आफूसँगै लिएर गएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । भारतीय अधिकारीहरूले उनको खोजी भइरहेको बताएका छन् ।