वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको निवासमा भएको आक्रमणको एफएनसीसीआइद्धारा भत्सर्ना

अतः मुलुकका विभिन्न भागहरूमा निजी क्षेत्र लक्षित चन्दा आतंक तथा आक्रमण जस्ता गतिविधिहरू बढ्न थालेको महशुस हुन थालेकाले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिई मुलुकभित्र शान्ति सुरक्षा र अमनचयनको प्रत्याभुति दिलाउन महासंघले सरकारसँग माग गरेको छ ।

काठमाडौं । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निजी निवासमा यही फागुन २४ गते शुक्रवार भएको बम बिस्फोटको घटनाको नेपाल उद्योग वाणिज्य महासंघले भत्र्सना गरेको छ । व्यक्तिगत सम्पत्तिलाई लक्षित गरी गराइएका यस्ता निन्दनीय कार्य कुनै पनि सभ्य समाजका लागि सह्य हुन नसक्ने महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

एनसेल टावरमा आक्रमणको घटना सेलाउन नपाउँदै पुनः अर्को आक्रमण भएबाट निजी क्षेत्र संशकित भएको महासंघको ठहर छ । राजनीतिक स्थिरता कायम भई मुलुकभित्र आर्थिक विकासको वातावरण बनिरहेको अवस्थामा पुनः यस्ता घटना हुन थालेबाट निजी क्षेत्र शसंकित हुनुपरको महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।