उनी जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिवका रुपमा कार्यरत थिए । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले बेल्वासेलाई सचिवमा बढुवाको निर्णय गरेको हो ।
काठमाडौं । सरकारले सहसचिव माधव वेल्वासेलाई सचिवमा बढुवा गरेको छ । उनी जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिवका रुपमा कार्यरत थिए । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले बेल्वासेलाई सचिवमा बढुवाको निर्णय गरेको हो ।
सिचाइ विभागको इन्जिनियर पदबाट सेवा प्रवेश गरेका बेल्बासेले करिब २० महिना महानिर्देशकको रूपमा पनि जिम्मेवारी सम्हालेका थिए ।
१० हजार ८०० मेगावाटको कर्णाली चिसापानी जलासययुक्त विद्युत आयोजना बनाउका लागि भारतको रुड्की विश्वविद्यालयमा अध्ययन गर्न सरकारले पठाएका २५० मध्ये वेल्वासे पनि एक हुन् । उनको पहलमा भेरी ववइ डाइभर्सन वहुउद्धेशिय परियोजनाको निर्माण सुरु भएको हो ।