अफगानिस्तान र पाकिस्तानमा भूकम्प

यसको केन्द्र अफगानिस्तानको हिंदूकुश क्षेत्रमा पृथ्वीमुनि लगभग १९० किलोमिटर तल थियो ।

यूएस जियोलोजिकल डिपार्टमेन्टका अनुसार अफगानिस्तानमा आज बुधबार दिउसो ६.१ रेक्टर स्केलको भूइँचालो गएको छ । यसको केन्द्र अफगानिस्तानको हिंदूकुश क्षेत्रमा पृथ्वीमुनि लगभग १९० किलोमिटर थियो । पाकिस्तानी मिडियाअनुसार पाकिस्तानको बलुचिस्तानमा भूकम्पका कारण एक जनाको मृत्यु भएको र कैयौं व्यक्ति घाइते भएका छन् ।

दिल्ली राजधानी क्षेत्रलगायत पूरा उत्तर भारतमा बुधवार दिउँसो भूकम्पले निकै हल्लाएको समाचार छ । दिल्लीबाहेक जम्मू–श्रीनगर, यूपीका कैयौं सहरमा भूकम्प महसुस गरियो ।