गुरुङको घरमा बम पड्काउनेलाई कडा कारबाही हुन्छ : रक्षामन्त्री

गत शुक्रबार नेकपा बिप्लव समूहले बसुन्धरास्थित गुरुङ निवासमा बम बिस्फोट गराएको थियो ।

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आतङ्कवादी गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्ष रोहन गुरुङको घरमा गत शुक्रबार बम विस्फोटबाट भएको क्षतिको मङ्गलबार निरीक्षण गर्दै यस्तो बताएका हुन् ।

गुरुङको घरमा बम विस्फोट गर्ने २ जनालाई पक्राउ गरिसकिएको र अन्यको खोजी जारी रहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराए । गत शुक्रबार नेकपा बिप्लव समूहले बसुन्धरास्थित गुरुङ निवासमा बम बिस्फोट गराएको थियो । बिस्फोटबाट गुरुङको फर्च्युना गाडीका साथै घरमा पनि क्षति भएको थियो ।

व्यवसायीमाथि आक्रमण हुन थालेपछि नेपाल वैदेशिक रोजगार सङ्घले आज मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम तय गरेको छ ।