प्रधानमन्त्री, गृहमन्त्री र प्रचण्डबीच भेट, बिप्लव समूह र सीके राउतका सवालमा छलफल

मङ्गलबार प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा भएको भेटमा देशको समसामयिक अवस्था, बिप्लव समूहका गतिविधि र सीके राउतसँगको सम्झौतापछि उब्जेका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।

काठमाडौं । बिप्लव समूहको बढ्दो गतिविधि र सीके राउतसँगको सम्झौतापछिको स्थितिबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुटारमा प्रधानमन्त्री, गृहमन्त्री र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

मङ्गलबार प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा भएको भेटमा देशको समसामयिक अवस्था, बिप्लव समूहका गतिविधि र सीके राउतसँगको सम्झौतापछि उब्जेका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलले बिप्लवका गतिविधि नियन्त्रणबारे प्रहरीले गरेका अपरेसनका बारेमा प्रधानमन्त्री र प्रचण्डलाई जानकारी गराएका थिए ।

भेटमा सीके राउतसँगको सम्झौतापछि मधेशमा राउत समर्थितले गरेको र्याली तथा कार्यक्रमका बारेमा समेत छलफल भएको स्रोतले जानकारी दियो ।

बिप्लव समूहले देशैभर आपराधिक गतिविधि बढाएको भन्दै त्यसको रोकथामका बारेमा पनि छलफल भएको थियो ।