सामाजिक सुरक्षा योजनामा एफएनसिसिले औल्याएको १९ अस्पष्टता, स्पष्ट पार्न सरकारलाई आग्रह

महासंघले देखेको अस्पष्टतामा विषेश गरी न्यूनतम योगदान अवधी कति हुनुपर्ने,त्यसपछि पाउने पेन्सनको दर र बीचैमा रोजगारीबाट अलग भएमा के हुने ? सो विषयमा स्पष्ट हुनुपर्ने देखिएकाले प्रस्तावित योजनामा ६० बर्षपछि मात्र पेन्सन पाउने भनिएको श्रमिक योगदानकर्ताहरु अलमलमा पर्न गएको जनाएको छ ।

काठमाडौ । सामाजिक सुरक्षा योजनाको कार्यान्वयन र सूचिकरण प्रक्रियामा नेपाल उद्योग बाणिज्य महासघं (एफएनसीसीआई) ले १९ वटा अस्पष्टता औल्याएको छ । महासंघकी अध्यक्ष भवानी राणाले ती अस्पष्टता रहेकै कारण धेरै उद्योगी, व्यवसायीहरुले सामाजिक सुरक्षा कोषमा दर्ता नभएको बताएकी छिन् ।

मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राणाले आफुहरुले औल्याएको अस्पष्टतालाई स्पष्ट पारिदिन श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई अनुरोध गरेकी हुन् ।

महासंघले देखेको अस्पष्टतामा विषेश गरी न्यूनतम योगदान अवधी कति हुनुपर्ने,त्यसपछि पाउने पेन्सनको दर र बीचैमा रोजगारीबाट अलग भएमा के हुने ? सो विषयमा स्पष्ट हुनुपर्ने देखिएकाले प्रस्तावित योजनामा ६० बर्षपछि मात्र पेन्सन पाउने भनिएको श्रमिक योगदानकर्ताहरु अलमलमा पर्न गएको जनाएको छ ।

त्यस्तै विदेशी नागरिकलाई पनि सामाजिक सुरक्षामा सूचिकरण गराउन पर्ने व्यवस्थाले व्यवहारिक कठिनाइ भएको,योजनामा सहभागी हुने विदेशी श्रमिकको रोजगारी अन्त्य भएमा वा सरुवा भएमा योगदान गरेको रकम बीमा योजना बाहेक एक मुष्ट रकम फिर्ता पाउने व्यवस्था गर्नुपर्ने देखिएको उल्लेख छ ।

यसैबीच श्रम मन्त्री विष्टले केहि दिनपछि नै अर्थमन्त्री डा. युवराज खतिवडा र उद्योग ,बाणिज्य तथा आपूर्ती मन्त्री मात्रिकाप्रसाद यादव सहित तीन वटै मन्त्रालयका सचिवहरुबीच छलफल गरी निर्णयमा पुग्ने बताए ।