विप्लव समूह अपराधी संगठनको सूचिमा, जहाँ भेट्यो त्यही कारबाही गर्ने

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले बिप्लव समुहलाई आपराधिक समुह घोषणा गर्दै शसक्त कारवाही गर्ने निणर्य गरेको हो । दशैभर बिप्लव समुहको आपराधीक गतिविधी बढेको गुनासोपछि सरकारले यस्तो कमद चालेको हो ।

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई अपराधिक समूह घोषणा गर्दै समूहको सबै कार्यलाई प्रतिबन्ध लगाउने निणर्य गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विप्लव समूहलाई अपराधिक समूह घोषणा गर्दै शसक्त कारबाही गर्ने निणर्य गरेको हो ।

दशैभर विप्लव समूहको आपराधिक गतिविधि बढेको गुनासोपछि सरकारले यस्तो कमद चालेको उच्च स्रोतले जानकारी दियो ।

मंगलबार बिहान प्रधानमन्त्री, गृहमन्त्री र नेकपा अध्यक्ष प्रचण्ड बिच यही विषयमा बालुवाटारमा छलफल भएको थियो ।

फागुन १० गते बिप्लव समूहले चन्दा नदिएको झोकमा एनसेल मुख्यालयमा एक जनाको ज्यान जानेगरी बम विस्फोट गराएपछि सरकारले बिप्लव समूहमाथि कारबाही थालेको थियो।

त्यसैगरी बिप्लव समूहले गएको शुक्रबार साँझ वैदेशिक रोजगार ब्यावसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा बम बिस्फोट गराएको थियो।

देशैभर बिप्लव समूहले चन्दा आतंक र चन्दा नदिएपछि बम विस्फोट गराउन थालेपछि सरकार बाध्य भएर सो समूहको गतिविधिमा प्रतिबन्द लगाएको गृह स्रोतले जानकारी दियो।

‘विप्लव समूहको पछिल्लो गतिविधि हिंसात्मक भएको र शान्ति सुरक्षा अमन चयनमा समेत असर पर्ने खालका भएका कारण मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वमा रहेको नेकपा भन्ने समूहमाथि प्रतिबन्ध लगाउने निर्णय भएको छ,’ स्रोतले भन्यो।