स्थानीय निकायमाथी बिप्लवको आक्रमण, भरतपुरमा वडा कार्यालयमा बम विष्पोट

मंगलबार राति वडा कार्यालयमा सिलिण्डर बम बिस्फोट गराइएको चितवन प्रहरी प्रमुख प्रहरी एसपी सुशीलसींह राठौरले जानकारी दिए । उनका अनुसार बिष्पोटबाट वडा कार्यालयको पुरै भवन क्षतिग्रस्त भएको छ ।

काठमाडौं । बिप्लव माओबादीको गतिविधी प्रतिबन्द लगाउने सरकारको निणर्य लगतै बिप्लव समुहले स्थानीय निकाएको भबनमा बम विष्पोट गराएको छ ।
बुधबार बिहान भरतपुर महानगरपालिकाको ५ वडाको भबनमा बम बिप्लव समुहले बम बिष्पोट गराएको प्रहरीले जनाएको छ ।
मंगलबार राति वडा कार्यालयमा सिलिण्डर बम बिस्फोट गराइएको चितवन प्रहरी प्रमुख प्रहरी एसपी सुशीलसींह राठौरले जानकारी दिए । उनका अनुसार बिष्पोटबाट वडा कार्यालयको पुरै भवन क्षतिग्रस्त भएको छ ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिहेको एसपी राठौरले बताए । त्यसैगरी बिप्लव समुहले मंगलबार दैलेखका जनप्रतिनीधीलाई समेत राजिनामा दिन धम्की दिएको थियो । मंगलबार मात्र सरकारले बिप्लव समुहलाई आपराधीक समुह भएको ठहर गर्दै सो समुहका सम्पुर्ण गतिविधीमा प्रतिबन्द लगाउने निर्णय थियो ।