बुधबार बिहान भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा विप्लव समूहले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ।
काठमाडौं । विप्लव माओबादीको गतिविधिमाथि प्रतिवन्द लगाउने सरकारी निणर्य लगतै उक्त समूहले स्थानीय निकायको भवनमा बम विस्फोट गराएको छ।
बुधबार बिहान भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा विप्लव समूहले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ।
मंगलबार राति वडा कार्यालयमा सिलिण्डर बम बिस्फोट गराइएको चितवन प्रहरी प्रमुख प्रहरी एसपी सुशिलसिंह राठौरले जानकारी दिए।
उनका अनुसार विष्फोटबाट वडा कार्यालयको पुरै भवन क्षतिग्रस्त भएको छ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिहेको एसपी राठौरले जानकारी दिए।
जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ ।
घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताए।
त्यसैगरी विप्लव समूहले मंगलबार दैलेखका जनप्रतिनीधिलाई समेत राजीनामा दिन धम्की दिएको थियो।
मंगलबार मात्र सरकारले बिप्लव समुहलाई आपराधीक समुह भएको ठहर गर्दै सो समूहका सम्पूर्ण गतिविधिमा प्रतिबन्द लगाउने निणर्ण गरेको थियो