लमही । दाङको ‘तोरी जोन’ मा ८२५ किसान आबद्ध भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ ९तोरी जोन०का प्रमुख इन्द्र वलीका अनुसार पश्चिम दाङको बबई, शान्तिनगर, दङ्गीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका वडा नं १ र २ का ८२५ किसान आबद्ध भएको बताए ।
उनले पश्चिम दाङको पाँच हजार क्षेत्रफललाई चालू आर्थिक वर्षदेखि तोरी जोन बनाइएकाले उक्त क्षेत्रमा १८ सहकारीका किसान आबद्ध रहेको जानकारी दिए । पश्चिम दाङ तोरी उत्पादनका लागि हावापानी तथा माटो राम्रो भएकाले तोरी जोन बनाइएको उक्त क्षेत्रमा हाल ५० भकारो निर्माण प्रक्रिया अगाडि बढिरहेको उनको भनाई छ ।
तोरी जोन क्षेत्रमा सिँचाइका लागि अहिले १५ साना सिँचाइका आयोजना निर्माणकार्य जारी रहेको समेत जानकारी दिए । करीब २२ लाख ५० हजार रुपैयाँको लगानीमा निर्माण हुन लागेका सिँचाइ आयोजनाले करीब ३०० हेक्टर क्षेत्रफलमा सिँचित गर्ने उनले बताए ।
तोरी जोनका प्रमुख वलीले तोरी जोन क्षेत्रमा अहिले करीब ५० प्रतिशत मात्रै सिँचाइ सुविधा रहेको समेत ताए । अहिले त्यस क्षेत्रमा प्रतिहेक्टर ०.१ मेट्रिकटन मात्रै तोरी उत्पादन भइरहेकाले त्यसलाई बढाएर प्रतिहेक्टर १ मेट्रिकटन पु¥याउने लक्ष्य रहेको वलीले बताए। साथै त्यस क्षेत्रका १८ सहकारीका २८१ किसानलाई तोरी उत्पादन वृद्धिका लागि तालीम पनि दिइएको प्रमुख वलीको भनाइ छ ।
तोरी जोन क्षेत्रका किसानलाई अनुदानका लागि परियोजनाले ५३ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तोरी जोनका लागि ११ कर्मचारीसमेत खटाइएको छ । जसमा उपसचिव, अधिकृत, प्राविधिक, लेखा, प्रशासन, कार्यालय सहयोगी खटाएको उनले बताए । ई चालू आर्थिक वर्षदेखि तोरी जोन बनाइएकाले उक्त क्षेत्रमा १८ सहकारीका किसान आबद्ध रहेको जानकारी दिए । पश्चिम दाङ तोरी उत्पादनका लागि हावापानी तथा माटो राम्रो भएकाले तोरी जोन बनाइएको उक्त क्षेत्रमा हाल ५० भकारो निर्माण प्रक्रिया अगाडि बढिरहेको उनको भनाई छ ।
तोरी जोन क्षेत्रमा सिँचाइका लागि अहिले १५ साना सिँचाइका आयोजना निर्माणकार्य जारी रहेको समेत जानकारी दिए । करीब २२ लाख ५० हजार रुपैयाँको लगानीमा निर्माण हुन लागेका सिँचाइ आयोजनाले करीब ३०० हेक्टर क्षेत्रफलमा सिँचित गर्ने उनले बताए ।