वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचन स्थगित

आज बसेकाे सङ्घको बैठकले निर्वाचन स्थगन गर्ने निर्णय गरेको हाे । यसअघि गत साता बसेको सङ्घको बैठकले चैत २६ गते नयाँ कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको थियाे ।

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचन यही चैत २६ गते हुने भनिएकोमा सङ्घका अध्यक्ष राेहन गुरूङका घरमा भएकाे बम बिस्फाेटका कारण स्थगन गरिएकाे छ ।

आज बसेकाे सङ्घको बैठकले निर्वाचन स्थगन गर्ने निर्णय गरेको हाे । यसअघि गत साता बसेको सङ्घको बैठकले चैत २६ गते नयाँ कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको थियाे ।

वर्तमान कार्यसमितिको कार्याकाल २०७६ असार ३० गतेसम्म भएपनि सङ्घले चैत २६ मा नयाँ कार्यसमितिका लागि निर्वाचन गर्न लागेको थियाे ।

वर्तमान कार्यसमितिले वैदेशिक रोजगार व्यवसायमा विभिन्न समसामयिक विषयहरुको मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको थियो ।