मलेसियाबाट २३ जना नेपालीको उद्धार (नामावलीसहित)

हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका नेपालीलाई फागुन १६ गते एक जना, २१ गते चार जना र २८ गते १८ जना नेपाली नेपाल फिर्ता पठाइएको छ ।

काठमाडौं । अलपत्र परेका २३ जना नेपालीलाई नेपाली राजदूतावासले उद्धार गरी नेपाल पठाएको छ । मलेसियाको सिमोनिया, बुकिट जलिल र सेपांग घरफिर्ती केन्द्रमा रहेका नेपालीलाई उद्धार गरी नेपाल पठाएको जनाएको छ ।

हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका नेपालीलाई फागुन १६ गते एक जना, २१ गते चार जना र २८ गते १८ जना नेपाली नेपाल फिर्ता पठाइएको छ ।

लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक र मानसिक समस्या देखिने हुँदा राजदूतावासले यथाशीघ्र उद्धार गर्न जरुरी देखी दूतावासबाट एकतर्फी हवाई टिकट उपलब्ध गराउने गरेको दूतावासको भनाइ छ ।

सिमोनिया, सेपांग तथा बुकिट जलिल घरफिर्ती केन्द्रबाट फर्काइएका नेपालीको सूची यसै साथ संलग्न छ ।