राष्ट्रियसभा सदस्यबाटै राजिनामा दिनुपर्ने डरले कोमल वलीले माफी मागिन्

दलित समुदायको अपमान गरेको भन्दै पछिल्लो समयमा सांसद वलीले राष्ट्रियसभा सदस्यबाट नै राजिनामा दिनु पर्ने भन्दै दलित समुदायबाट व्यापक विरोध हुँदै आएको थियो ।

काठमाडौं । आफूले दलित समुदायको आत्मा सम्मानमा चोट पुर्याएको भन्दै राष्ट्रियसभा सदस्य कोमल वलीलेले संसद बैठकबाट नै माफी मागेकी छिन् । केही समयअघि कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा बोल्ने क्रममा दलित समुदायसँग जोडिएको उखान टुक्का ‘मरेपछि डुमै राजा’ जोडेर बोलेपछि बिवादमा आएकी राष्ट्रियसभा सदस्य वलील बुधबारको राष्ट्रियसभा बैठकमा माफी मागेकी हुन् ।

बैठकमा सांसद ओलीले ‘ कार्यक्रममा बोल्ने क्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ तर, मैले प्रयोग गरेको उखानले कसैलाई चोट पुगेको भए म त्यसप्रति म क्षमा याचना गर्दछु’ उनले भनिन् ।

‘देशका सबै जाति र समुदायप्रति मेरो उच्च सम्मान छ । मैले कसैको मर्यादामा आँच पुर्‍याउनका लागि उखान प्रयोग गरेकी हैन ।’ उनले भनिन् ।

उनले बोल्ने क्रममा दलित समुदायको अपमान गरेको भन्दै पछिल्लो समयमा सांसद वलीले राष्ट्रियसभा सदस्यबाट नै राजिनामा दिनु पर्ने भन्दै दलित समुदायबाट व्यापक विरोध हुँदै आएको थियो ।