चालू आर्थिक वर्ष २०१८/१९ को नौ महिनामा प्रधानमन्त्री मोदीको मुद्रा योजनाअन्तर्गत खराब कर्जा ५३ प्रतिशतले बढेको छ । जुन गत वर्षको ९७ अर्ब ६९ करोडबाट बृद्धि भई १४९ अर्ब ३० करोड भारु पुगेको माइक्रो युनिट्स डिभलपमेन्ट एन्ड रिफाइनेन्स एजेन्सी (मुद्रा)बाट प्राप्त सूचनामा पाइएको छ ।
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पालामा त्यहाँका बैङ्कको खराब कर्जा बढेको छ । बिजनेसका लागि साना ऋणको स्किमले खराब कर्जा वृद्धि गराएको छ । त्यस्तो स्किमपछि तीन ओटा सेग्मेन्ट– ‘शिशु, किशोर र युवा’मा गएका कर्जा खराबमा परिणत भएको सूचना अधिकारीको तथ्याङ्कलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ ।
चालू आर्थिक वर्ष २०१८/१९ को नौ महिनामा प्रधानमन्त्री मोदीको मुद्रा योजनाअन्तर्गत खराब कर्जा ५३ प्रतिशतले बढेको छ । जुन गत वर्षको ९७ अर्ब ६९ करोडबाट बृद्धि भई १४९ अर्ब ३० करोड भारु पुगेको माइक्रो युनिट्स डिभलपमेन्ट एन्ड रिफाइनेन्स एजेन्सी (मुद्रा)बाट प्राप्त सूचनामा पाइएको छ ।
तथ्याङ्कले यो स्किमअन्तर्गत खराब कर्जा खाताको सङ्ख्यामा गत वर्षको ३१ मार्चको १७.९९ लाखबाट गत वर्षकै ३१ डिसेम्बरमा २८.८३ लाख पुगेको छ । यसैबीच चालू आर्थिक वर्षको अहिलेसम्म अप्रिलदेखि फेब्रुअरीबीच यो स्किमअन्तर्गत जम्मा ऋण निकासा २.१२ लाख करोड रुपयाँ छ । यसअघि आर्थिक वर्ष २०१७÷१८ मा जम्मा ऋण निकासा २.४६ लाख करोड थियो । तथ्याङ्कले यस वर्ष खराब कर्जाको अनुपातमा वृद्धि भएको देखिएको छ । कमजोर ऋण निकासासँगै खराब कर्जाको सङ्ख्यामा भएको वृद्धि आर्थिक वर्ष २०१७/१८ मा ३.९६ प्रतिशत छ । यो कुल खराब कर्जा अनुपात यस वर्ष बढेको हुनसक्ने इन्डियन एक्सप्रेसले बताएको छ ।
मुद्रालाई प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल २०१५ मा लन्च गरेका थिए । यो स्किमले १० लाखभन्दा कम ऋणको आवश्यकता हुने गैर कर्पोरेट, गैर कृषि क्षेत्रका साना उद्योगलाई ऋण दिने गर्दछ । ती ऋण वाणिज्य बैङ्क, क्षेत्रीय ग्रामीण बैङ्क, साना वित्तीय बैङ्क, कोअपरेटिभ बैङ्क, एमएफआई र एनबीएफसीले निकासा गर्ने गर्दछन् ।
चालू वर्षको नौ महिनामा शिशु, किशोर र युवा स्किममा खराब ऋणको सङ्ख्यामा क्रमशः ५८.३३ प्रतिशत, ७० प्रतिशत तथा ४५ प्रतिशत वृद्धि भएको छ । ऋणको मूल्यमा यी तीनै सेग्मेन्टमा क्रमशः ६४, ५२ र ४२ प्रतिशतले बढेको छ ।