पोखराको ट्राफिक आइल्याण्डमै बम भेटियो

 

पोखरा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले पोखराका दुई ठाउँमा बम राखेको फेला परेको छ।

पोखराको सभागृह चोक र पोखराको भण्डारढीकमा बम फेला परेको हो। पोखराको सभागृह चोकको ट्राफिक बिटमा र भण्डारढीकाको रंगशाला नजिकै सकेट बम फेला परेको प्रहरीले जनाएको छ।

दुबै तर्फको सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ।

सरकारले प्रतिबन्ध लगाउनु अगाडि नै पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै विप्लवको पार्टी नेपाल बन्दको आव्हान गरेको हो।

बन्दका कारण पोखराको मुख्य बजार, उद्योग, कलकारखाना, शैक्षिक संस्था बन्द छन्। लामो तथा छोटो दुरीका यातायात सञ्चालन भएका छैनन्।