सव डिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत घुससहित पक्राउ

साहसहित बिचौलिया पुष्प जोशीलाई वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल सामान्य बनाइदिने बाहानामा सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको जनाएको छ ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव डिभिजन वन कार्यालय तारानगर कैलालीका सहायक वन अधिकृत भरत शाहलाई ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले, साहसहित बिचौलिया पुष्प जोशीलाई वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल सामान्य बनाइदिने बाहानामा सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको जनाएको छ ।

टोलीले दुवैजनालाई सव डिभिजन वन कार्यालय परिषरबाटै पक्राउ गरेको हो । पक्राउ परेका शाह र जोशीमाथि थप अनुसन्धान भइरहेको अख्तियारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।