अमेरिका र भारतका नेपाली राजदुतलाई मन्त्री सरहको सुविधा

काठमाडौ । सरकारले अमेरिका र भारतका लागि नेपाली राजदुतलाई मन्त्री सरहको सेवा सुविधा दिएको छ ।

मन्त्रिपरिषदको बैंठकले अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुनकुमार कार्की र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई मन्त्री सरहको सेवा सुविधा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।