अप्रिल २६ देखि मणिपालमा डिन कप

काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सद्धारा स्थापित ‘डिन कप’को दोस्रो संस्करण मणिपाल शिक्षण अस्पतालले गर्ने भएको छ । वार्षिक रुपमा रजत जयन्ति मनाउँदै आइरहेको संस्थाले डिन कपको दोस्रो संस्करण यही अप्रिल २६ देखि २ तारिकसम्म मनाउने भएको हो ।

डिन कप सफल बनाउन मणिपालमा अध्ययनरत विद्यार्थीहरु, इन्ट्रन डक्टर, मेडिकल अफिसर, कन्सल्टयान्ट डक्टरहरु लागिपरेका छन् । ‘२०१९ मणिपाल अल इन्ट्रन मेडिकल कलेज स्पोर्ट मिट’ भन्ने नारा दिइएर डिन कप आयोजना भइरहेको इभेन्ट को–अर्डिनेटर यूजल सुवेदीले जानकारी दिए ।

मणिपालमा आयोजना हुने दोस्रो संस्करणमा काठमाडौ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सवैलाई समेटेर लैजाने मिडिया एन्ड न्यूज पब्लिसिटी को–अर्डिनेटर राहुल गोईतले बताए ।

१३ गतेदेखि १५ वटा विभिन्न मेडिकल कलेजबाट करिब ३ सय ५० देखि ४ सय जना विद्यार्थीहरु यस कार्यक्रममा आउने गोइतले बताए ।

मणिपालले यस डिन कपलाई मेडिकल क्षेत्रमा नै एक प्रतिष्ठित रनिङ सिल्ड बनाई हरेक वर्ष विभिन्न मेडिकल कलेजमा आयोजना गराउने र मेडिकल क्षेत्रमा संलग्न सबैलाई एक आपसमा चिनजान, मित्रता, आदर र नेपालभरका चिकित्सक शास्त्र विद्यार्थीलाई एक ठाउँमा ल्याउने स्पोर्ट कोअर्डिनेटर अभिषेक वानियाँले बताए ।

खेलकुदतर्फ फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, फुटसल ब्याटमिन्टन, टेवलटेनिस गेम हुने गोइतले जानकारी दिए ।