खत्रीले बिहीबार सदरमुकाममा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
काठमाडौं । विप्लव समूहका ओखलढुङ्गाका नेता बोझबहादुर खत्रीले पार्टीको गतिविधिमा असुन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन् ।
खत्रीले बिहीबार सदरमुकाममा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पार्टीको पछिल्लो गतिविधि ठिक नभएको भन्दै पार्टीमा नरहने निर्णय गरेको पत्रकार सम्मेलनमा उनले बताए ।
खत्रीलाई विप्लव समूहले ओखलढुङ्गाका सभामुख तोकेको बताइएको छ ।