चार आयोजनालाई सरकारले वनक्षेत्रको प्रयोग गर्न अनुमति दियो

मन्त्रीपरिषद्को बैठकमा भएका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले ती आयोजनालाई बन क्षेत्रको प्रयोग गर्न दिने निर्णय भएको बताएका हुन्

काठमाडौं । सरकारले चारओटा जलविद्युत् आयोजना तथा सवस्टेशनलाई बन क्षेत्रको प्रयोग गर्न अनुमति दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकमा भएका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले ती आयोजनालाई बन क्षेत्रको प्रयोग गर्न दिने निर्णय भएको बताएका हुन्

जसअनुसार, १३२÷३३ केभी सुनवल सवस्टेशन, १३२ केभी दोदी करिडोर प्रसारण, ६२ मेगावाटको निलगिरी खोला—२ क्यासकेड, सान्जेन(माथिल्लो) १३२ केभी प्रसारण लाइन निर्माणका लागि बन क्षेत्रको प्रयोग गर्न दिने निर्णय भएको हो ।