हस्पिटालिटी उद्योगको सिढिँमा चढ्दै छन् महिला

वल्ड ट्राभल एण्ड टुरिज्म काउन्सिलको विवरण अनुसार २०१९ को वर्षसम्म हस्पिटालिटीको क्षेत्रमा २७ करोड ५० लाख रोजगारी सृजना हुनेछ जसमा काउन्सिलले महिलाको बर्चस्व यस क्षेत्रमा अत्याधीक हुने अनुमान गरेको छ । नेतृत्वको भूमिकाबाट महिलाहरुले हस्पिटालिटी क्षेत्रमा सकरात्मक परिवर्तन ल्याएको छ ।

महिला र उनीहरुको पेशागत भविष्यलाई लिएर विश्वभरी नै छलफल तथा अन्तरक्रियाहरु हुने गरेका छन् । यी सम्पूर्ण छलफलहरुको उदेश्य भनेको सबै तहमा तत्काल रहेको लैंगिक भेदलाई पहिचान गर्नु र प्रत्येक संगठनका सदस्यले अगाडी आएर त्यस भेदलाई मेटाउने रोडम्याप तयार गर्नु हो ।

अहिले यस मुद्दामा सकरात्मक परिवर्तन आइरहेको छ र सबै संगठनहरुले नेतृत्वमा महिलाको उपस्थितिलाई प्राथमिकता दिइरहेको कुरालाई स्वीकार गर्नु पनि पर्छ । नेतृत्वमा महिलाको उपस्थितिले उनीहरुको प्रभावले ठूलो प्रेरणा जागृत गरेको र परिवारमा कार्य सन्तुलन कायम राख्दै राम्रो परिणामहरु ल्याएको देखिएको छ ।

पिटरसन इन्सटीच्यूट फर इन्टरनेश्नल इकोनमिक्सले ९१ वटा मुलुकका २१ हजार ९ सय ८० वटा कम्पनीमाथि गरेको सर्वैक्षणले सि सूट लेभल अर्थात् शीर्ष कार्यकारी तहमा महिला भएको कम्पनीले आफ्नो नेट मार्जिनमा व्यापक वृद्धि गरेको पाइएको छ । व्यापारमा महिला विषयमाथिको ग्रान्ट थर्नटन प्रतिवेदनले विश्वभरी शीर्ष व्यवस्थापनमा महिला कर्मचारी भएको व्यवसायको प्रतिशत ६६ प्रतिशतदेखि ७५ प्रतिशतमा वृद्धि भएको पाइएको छ ।

एउटा यस्तै व्यवसाय क्षेत्र हो हस्पिटालिटी जहाँ कुनै समय पुरुषको वर्चस्व रहन्थ्यो अहिले यहाँ दुबै महिला र पुरुषको उत्तिकै उपस्थिति देखिन्छ ।

वल्ड ट्राभल एण्ड टुरिज्म काउन्सिलको विवरण अनुसार २०१९ को वर्षसम्म हस्पिटालिटीको क्षेत्रमा २७ करोड ५० लाख रोजगारी सृजना हुनेछ जसमा काउन्सिलले महिलाको बर्चस्व यस क्षेत्रमा अत्याधीक हुने अनुमान गरेको छ । नेतृत्वको भूमिकाबाट महिलाहरुले हस्पिटालिटी क्षेत्रमा सकरात्मक परिवर्तन ल्याएको छ । यससँगै हस्पिटालिटीको क्षेत्र थप समावेशी र विविधतापूर्ण कार्य क्षेत्र, धेरै महिलालाई आकर्षित गर्ने क्षेत्र, कामको समयमा महिलाको संवेदनशीलतालाई बुझ्ने क्षेत्र र महिला जीवन र काममा सन्तुलन ल्याउने क्षेत्रको रुपमा स्थापित हुँदैछ ।

महिलामा हुने उच्च तहको प्राकृतिक भावनात्मक गुणले उनीहरुलाई पाहुनाको आवश्यकता अरुभन्दा राम्ररी महसुस हुन्छ जुन स्वभाव कस्टमर सर्भिसको क्षेत्रमा एकदमै महत्वपूर्ण मानिन्छ । हस्पिटालिटीले विभिन्न महिलालाई एक ठाउँमा ल्याएर उनीहरुमा भएको मातृ स्वभावलाई एकसाथ ल्याएर काम गरी व्यवसायको उदेश्य पूरा गर्न मद्दत गर्दछ ।

हस्पिटालिटीको क्षेत्रमा महिलाले सामना गर्नु पर्ने धेरै चुनौतीहरु पनि छन् । यो व्यवसायमा संलग्न महिलाहरुले वर्षको २४ घण्टा काममा खटिनु पर्छ । यसमा अधीक समर्पण र परिवारसँगको समयसँगको रमाइला पलहरुसँग सम्झौता गर्नुपर्ने हुन्छ । यो क्षेत्र र महिला नेतृत्वहरुले एकदमै सहयोगी बनेर धेरै परिवर्तन ल्याउन सहयोग पुर्याएका छन् । हस्पिटालिटी क्षेत्रमा भएको लचिलो कार्यअवधी र सिफ्टको उपलब्धताले महिलाहरुलाई यस क्षेत्रमा स्वतन्त्र हुनु र आफ्नो पहिचान स्थापित गर्न सहयोग पु¥याएको छ । यसबाहेक समय समयमा महिलाहरुले पुरुष सहकर्मीहरुले आफ्नो निर्देशन र सल्लाह नमानी दिनेजस्ता समस्याहरु पनि भोग्ने गरेका छन् । तर यो क्षेत्रमा रहेका धेरै महिला नेतृतवलाई देख्दा यदि तपाईसँग धैर्यता, इच्छा र नेतृत्व गर्ने चाहाना छ भने यो सबै कुरा सम्भव हुने देखिन्छ ।

जब तपाई मानिसहरुका लागि मानिसहरुसँग काम गरिरहेको हुनुहुन्छ, तब तपाईलाई सीधा र जे परिआए गर्ने किसिमको हुनु आवश्यक छ । काम स्मार्ट र मेहेनती तरिकाले गरेमा नै महिलालाई दीर्घकालसम्मका लागि लग्न सक्छ । यसका लागि महिलाले हस्पिटालिटी मात्र होइन अरु क्षेत्रमा पनि भविष्य खोज्नसक्छन् । एजेन्सी