रासायनिक मलको सहज आपूर्ति र धुलो दूधलाई प्रतिबन्ध लगाउनुपर्ने कृषि समितिको निर्देशन

शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल र सचिव युवकध्वज जीसी सहभागी समितिको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।

काठमाडौं । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले रासायनिक मल समयमै खरिद गरी किसानलाई वितरण र धुलो दुधलाई प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल र सचिव युवकध्वज जीसी सहभागी समितिको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।

समितिका सदस्य तथा सांसदहरुले पछिल्लो समय रासायनिक मल अभाव समस्या, दुध पाउडरको आयात फितलो, चिनी आयात र सरकारी अनुदान वास्तविक किसानसम्म पुग्न पुग्न नसकेको प्रति समितिको ध्यानाकर्षण गराएका थिए ।

समिति सदस्य तथा सांसद महेश बस्नेतले मल खरिद र दुध उत्पादनका क्षेत्रमा देखिएको कार्टेलिङ सरकारले छिट्टै समाधान गर्नुपर्ने बताए । उनले पाउडर उत्पादन गर्ने स्वदेशी प्लान्टलाई सरकारले अनुदान दिएर स्तरोन्नती गर्नुपर्ने बताए ।

त्यस्तैं, सांसद राजबहादुर बुढा क्षेत्रीले माटो परिक्षण नगरिकन जथाभावी रासायनिक मल प्रयोग तर्फ ध्यान जान नसकेको बताए ।

सांसदहरुको जिज्ञासामाथि कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले माटोको अवस्था परिक्षण व्यवस्थित हुन नसकेपनि रासायनिक मलको प्रयोग क मगर्दै १० बर्षे दिर्घकालीन योजना बनाएर प्राङ्गारिक तर्फ जाने योजना रहेको बताए ।

पछिल्लो पटक मल अभाव हुन सम्भावना रहेकाले पनि छिट्टै नेपाल सरकारले भारत सरकारसँग(जीटुजी) मार्फत भएपनि मल ल्याउन आवश्यक बजेटका लागि अर्थमन्त्रालयसँग पहल गरिरहेको बताए ।

तत्काल रासायनिक मल कारखाना स्थापना भएपनि निर्यात र कच्चा पदार्थका हिसावले प्रभावकारी नहुने भन्दै जैविक मल कारखाना स्थापनामा जोड दिने नीति लिइएको उनले बताए ।

तत्काल धुलो पाउडर दुध भारतबाट लुकिछिपी आएपनि पहिलेजस्तो ठूलो मात्रामा नआएको खनालको तर्क थियो । सचिव युवकध्वज जीसीले कृषिजन्य उत्पादनका लागि माटो परिक्षण गर्नुपर्ने बताए ।