‘विप्लव समूह राजनीतिक दलका रुपमा कतै दर्ता भएको छैन, कुनै कार्यालयमा दर्ता नभएको समूहलाई राजनीतिक दल भन्ने ? जुन संस्था विधिवत छैन, त्यसको के कुरा गर्ने ?’ उनले भने । ‘दर्ता नै नभएको पार्टीलाई बम पड्काउन दिनु ? मान्छे मार्न दिनु ? त्यस्तो समूहलाई प्रतिबन्ध गर्न खोज्दा नेताहरुको राेइलो किन ?’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिका नाममा विप्लव समूहले उद्यमीलाई मार्न खोज्ने, उनीहरुको उद्योगमा बम पड्काउने र चन्दा माग्ने गैरकानुनी काम गरेकै कारण त्यसलाई प्रतिबन्ध लगाएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आइतबार बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले राजनीतिका नाममा विप्लव समूहले आपराधिक गतिविधि गरेकै कारण उनीहरुको समूहलाई प्रतिबन्ध लगाइएको दाबी गरे । ‘विप्लव समूह राजनीतिक दलका रुपमा कतै दर्ता भएको छैन, कुनै कार्यालयमा दर्ता नभएको समूहलाई राजनीतिक दल भन्ने ? जुन संस्था विधिसम्मत छैन, त्यसको के कुरा गर्ने ?’ उनले भने ।
‘दर्ता नै नभएको पार्टीलाई बम पड्काउन दिनु ? मान्छे मार्न दिनु ? त्यस्तो समूहलाई प्रतिबन्ध गर्न खोज्दा नेताहरुको राेईलो किन ?’ ओलीले भने ‘त्यसको कुनै तुक छैन, सरकारले जे कदम चालको छ, त्यो ठिक छ, त्यो जनताको हितमा छ ।’ प्रधानमन्त्री ओलीले भने । ‘विप्लव समूहको बारेमा सरकारले कुनै ठट्टा गरिराखेको छैन, लुटमार र आतङ्कका क्रियाकलाप नियन्त्रण गरेको हो, यसमा केको रुवाबासी ?’ प्रधानमन्त्री ओलीले भने ।