आधुनिक मौद्रिक सिद्धान्तमाथि वारेन बफेटकाे हमला, सरकारी ऋणबारे यस्तो सोच्छन्

विश्वका तेस्रा धनाढ्य व्यक्ति बफेट आफू एमएमटीको फ्यान नभएको बताउँछन् । उनी भन्छन्, ‘यो सिद्धान्तको एउटा पाटो रहेको घाटा खर्चले बढ्दो मुद्रास्फितिको जोखिम निम्त्याउँछ । हामीलाई त्यो ‘डेन्जर जोन’मा जान आवश्यक छैन र हामीलाई वास्तवमै थाहा छैन, त्यो अहिले कहाँ छ ।’

एजेन्सी । बर्कशायर ह्याथवेका कार्यकारी प्रमुख वारेन बफेट आधुनिक मौद्रिक सिद्धान्त (मोडर्न मनिटरी थ्यौरी–एमएमटी) मन पराउँदैनन् ।

विश्वका तेस्रा धनाढ्य व्यक्ति बफेट आफू एमएमटीको फ्यान नभएको बताउँछन् । उनी भन्छन्, ‘यो सिद्धान्तको एउटा पाटो रहेको घाटा खर्चले बढ्दो मुद्रास्फितिको जोखिम निम्त्याउँछ । हामीलाई त्यो ‘डेन्जर जोन’मा जान आवश्यक छैन र हामीलाई वास्तवमै थाहा छैन, त्यो अहिले कहाँ छ ।’

यो सिद्धान्तलाई लिएर बफेट यसका आलोचकहरु फेडरल रिजर्भका अध्यक्ष जेरोमी पावेल, पूर्व अमेरिकी अर्थमन्त्री ल्यारी समर्स, ब्ल्याकरक कर्पोरेसनका सीईओ ल्यारी फिन्क र डबललाइन क्यापिटलका जैफ्री गुन्डल्याकसँग सहमत छन् । यी प्रभुत्वशालि व्यक्तिहरु एमएमटीलाई पूर्णरुपमा काम नलाग्ने भनी व्याख्या गर्छन् र यो बृहत् समाजवादी कार्यक्रमको औचित्यलाई पुष्टि गर्न मात्र प्रयोग हुने बताउँछन् । फेडरल रिजर्भका अध्यक्ष जेरोमी पावेलले त यसलाई एकदमै गलत भएको मान्छन् ।

एमएमटीमाथिको प्रमुख विवाद भनेको जुनसुकै मुलुक जसले आफ्नो मुद्रा आफै छाप्छ, उसले आफ्ना मुद्राहरु सबै खर्च गर्न सक्दैन । यसकारण अमेरिका जस्तो मुलुकसँग सामान्य सोचेभन्दा घाटा खर्चका लागि पर्याप्त स्थान छन्, विशेषगरी कमजोर ब्याजदर भएको अवस्थामा । यस विचारधाराकी समर्थक प्रगतिशील सांसद अलेक्जेन्ड्रिया ओकासियो कोर्टेज पनि हुन् जसले मौसम परिवर्तनलाई सम्बोधन गर्नका लागि बढ्दो घाटा खर्चलाई उजागर गरेकी छिन् ।

बफेटले ऋणको माथिल्लो सीमामाथिको लडाँईलाई आलोचना गरेका छन् । उनले सन् २०११ मा ऋणको माथिल्लो सीमा वृद्धि नगर्नु मूर्खता हुने बताएका थिए । उनले शुक्रबार पुनः त्यही कुरालाई दाहहेर्याउँदै अधिकतम सीमामाथिको विवाद गल्ती भएको बताएका हुन् ।

बफेटले शुक्रबार भने, ‘अरु लडाइँका लागि हतियारका रुपमा ऋणको सीमा प्रयोग गर्नु हास्यास्पद हो । ऋणको अधिकतम सीमा हुनुको समस्या के हो भने यो असाधारण घाटाका लागि प्रयोग हुनसक्छ, अथवा सरकारलाई बाधित गर्न प्रयोग हुनसक्छ ।’

उनले कुल गार्हस्थ्य उत्पादनमाथिको ऋणको अनुपात निरन्तररुपमा बढिरहने हो भने यो मूर्खता हुने बताए ।