७३७ म्याक्सको प्रकोपपछि संकटग्रस्त अवस्थामा पुग्यो बोइङ कम्पनी

केही हप्ताअघि इथियोपियन एयरलाइन्सको यो विमान दुर्घटना भएसँगै १५७ जनाको मृत्यु भएपछि यसले बोइङको यो मोडलको सुरक्षामाथि प्रश्नचिह्न उठाउनुका साथै विश्वभर यो मोडलको विमानलाई बन्द गर्नेसम्मका कदमहरु चालिएका छन् ।

एजेन्सी । बोइङ ७३७ म्याक्स ८ को दोस्रो विमान दुर्घटनापछि उड्डयन क्षेत्रको जाइन्ट कम्पनी बोइङ अहिले संकटको घेरभित्र रहेको देखिएको छ । कम्पनीले बजार पूँजीकरणको दुई अर्ब ५० करोड अमेरिकी डलर गुमाउनुका साथै प्रतिष्ठामा पनि ठूलो धक्का महसुस गरेको छ ।

कम्पनीको यस्तो खराब स्थिति उत्पन्न हुनुको पछाडि कम्पनीको प्रयासलाई खतरनाक र हिंस्रक भन्नेजस्ता आलोचनाविरुद्ध कम्पनीको प्रतिक्रिया पनि एउटा कारण मानिएको छ । केही हप्ताअघि इथियोपियन एयरलाइन्सको यो विमान दुर्घटना भएसँगै १५७ जनाको मृत्यु भएपछि यसले बोइङको यो मोडलको सुरक्षामाथि प्रश्नचिह्न उठाउनुका साथै विश्वभर यो मोडलको विमानलाई बन्द गर्नेसम्मका कदमहरु चालिएका छन् ।

कनेक्टीकट आधारित पीक स्ट्राटेजिकका सञ्चार विज्ञ म्याट येम्माकाअनुसार कम्पनी नराम्रो हप्ताहरुबाट गुज्रिरहेको छ । उनले भने,‘दुर्घटनाको एकदिनपछि आफ्नो म्याक्स विमान विश्वसनीय र सुरक्षित छ भनेको बोइङ कम्पनीले आफूले विश्वासलाई पुनःस्थापना गर्न र त्यसको उडानको सुरक्षालाई सुनिश्चि गर्न आइतबार इच्छापूर्वक प्लेनहरु ग्राउन्डिङ गर्दैछ भन्न सक्दथ्यो तर, कम्पनीले यसलाई बेवास्ता गर्यो र उसले धेरै बजारमा पूँजी र व्यापारको हिस्सा गुमायो ।’

जब बुधबार धेरैओटा देशले बोइङको यो जहाजहरुलाई ग्राउन्डिङ गर्ने निर्णय गर्यो तबमात्र बोइङले सम्भावित खतराको ख्याल राखी निर्णय लियो । इथियोपियन एयरलाइन्सभन्दा करिब पाँच महिनाअघि इन्डोनेसियाको लायन एयरलाइन्सको यही मोडलको विमान दुर्घटनामा परेको थियो जसमा १८९ जनाको मृत्यु भएको थियो । लायन एयरलाइन्सको दुर्घटनामा नयाँ एमसीएएस स्टल प्रिभेन्सन सिस्टममा खराबी देखिएको थियो ।

संघीय उड्डयन प्रशासनले इथियोपियाको दुर्घटना क्षेत्रमा देखिएको प्रमाण र नयाँ स्याटलाइट डाटाले समानता देखाएको बताएको छ र दुईओटा दुर्घटनामा समान कारक तत्व हुनसक्ने भन्दै थप अनुसन्धानको वारेन्ट जारी गरेको छ । दुर्घटनाको दुई दिनपछि बोइङ कम्पनीका सीईओ डेनिस म्युलिनवर्गले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरेका थिए । ट्रम्पले ट्वीटरमार्फत आधुनिक हवाईजहाज चालकहरुलाई ह्यान्डल गर्न जटिल भइरहेको बताएका थिए ।

संघीय उड्डयन प्रशासन एफएएले बोइङलाई विमानमा भएको एमसीएएस गल्तीलाई सच्याउनका लागि सफ्टवेयर विकास गर्न आदेश दिएको छ । कम्पनीका दुई स्रोतले एएफपी समाचार संस्थासँग शुक्रबार कम्पनीले आगामी दश दिनभित्र एमसीएएसका लागि सफ्टवेयर अपग्रेड गर्न काम गरिरहेको बताएका थिए जसले कम्पनीको शेयर मूल्यमा पनि वृद्धि गराउने छ । गत अक्टोबरमा भएको इन्डोनेसियाको दुर्घटनापछिको समय भने कम्पनीका लागि निकै कठिन बनिरहेको छ ।