हतारहतारमा, रात–दिन नभनी जसरी पनि पास गर्नु पर्छ भनेर ऐनहरु ल्याइएको छ ।’ उनले भने, ‘सरकारलाई यति पनि हेक्का छैन, एकैचोटी दुई÷तीन ओटा ऐन पास गरेर लगानी बढ्ने होइन ।
काठमाडौं । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले सरकाले विनातयारी लगानी सम्मेलन गर्न लागेको बताएका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले सरकारले चैत १४ र १५ गते गर्न लागेको लगानी सम्मेलन सम्बन्धी ऐन हतारहतारमा ल्याएको टिप्पणी गरे l
उनले भने, ‘हतारहतारमा, रात–दिन नभनी जसरी पनि पास गर्नु पर्छ भनेर ऐनहरु ल्याइएको छ ।’ उनले भने, ‘सरकारलाई यति पनि हेक्का छैन, एकैचोटी दुई/तीन ओटा ऐन पास गरेर लगानी बढ्ने होइन ।’
सांसद अधिकारीले लगानी गर्ने वातावरण नबुझी लगानी कर्ताहरुले लगानी नगर्ने बताए । उनले भने, ‘लागानी गर्नका लागि मुलुकमा शान्ति व्यवस्था कास्तो छ ? कानूनी राज्य छ कि छैन ? लगानीको वातावरण छ कि छैन ? उनीहरुले हासिल गर्ने नाफामा रोकावट छ कि छैन ? भन्ने कुराहरु नबुझी लगानीकर्ताहरुले लगानी गर्दैनन् ।’