काठमाडौं । देशका पहाडी भू–भागका केही स्थानहरुमा आज (सोमबार)देखि बुधबारसम्म मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वानुमान महाशाखाकाअनुसार सोमबार दिउँसो देशका पूर्वी भू–भाग र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भेगका केही स्थानहरुमा भने मेघ गर्जनसहित हल्का वर्षाको संभावना छ भने राति राति देशका पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
त्यसैगरी बुधबार दिउँसो देशका आंशिक भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ। त्यस्तै राति देशका पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।