पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह स्वास्थ्य लाभ गरी घर फिर्ता

काठमाडौँ । पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह स्वास्थ्य लाभ गरी आज अस्पतालबाट फिर्ता भएकी छन्।

यही फागुन २१ गते स्वास्थ्योपचारका लागि उनी नर्भिक अस्पताल भर्ना भएको सो अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह एवम् पूर्वमुमा बडामहारानीको स्वास्थ्योपचारको क्रममा सहयोग पुर्‍याउने नर्भिक अस्पतालका चिकित्सक, कर्मचारी, व्यवस्थापन र शीघ्र स्वास्थ्य लाभको कामना गर्ने सबै शुभेच्छुकलाई धन्यवाद दिइएको अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीद्वारा विज्ञप्तिमा उल्लेख छ।